Logo

ज्योति विकास बैंकको शाखा महाराजगंजमा, शाखा संख्या १०२ पुग्यो

ज्योति विकास बैंकको शाखा महाराजगंजमा, शाखा संख्या १०२ पुग्यो



काठमाडौं । ज्योति विकास बैंकले काठमाण्डौको महाराजगंजमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको पूर्व अर्थमन्त्री डा रामशरण महतले उद्घाटन गरेका हुन ।

laxmi

कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री महतले बैंकहरुले आधुनिक सेवामार्फत सबै जनता तथा संस्थाहरुलाई सहयोग गरी मुलुकको अर्थतन्त्रलाई अघि बढाउन अग्रसर रहनु पर्ने बताएका छन ।

बैंकका अध्यक्ष हरि चन्द्र खड्काले विगतका दिनमाझैं बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने बताएका छन । बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL