Logo

सिटिजन्स बैंकका लगानीकर्तालाई १५ प्रतिशत लाभांस, यस्तो छ बोनस र नगदको अनुपात

सिटिजन्स बैंकका लगानीकर्तालाई १५ प्रतिशत लाभांस, यस्तो छ बोनस र नगदको अनुपात




काठमाडौं । सिटिजन्स बैंकले आफ्ना लगानीकर्ताहरुलाई १५ प्रतिशत लाभांस दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले १२ प्रतिशत नगद लाभांस र ३ प्रतिशत बोनस सेयर गरी १५ प्रतिशत लाभांस दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिएसँगै बैंकको तेह्रौँ बार्षिक साधारण सभामा परित गराएमा वितरण गर्ने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई नगद लाभांस वापतको १ अर्ब ४५ लाख २७ हजार ७ सय ७३ रुपैयाँ र बोनस सेयरवापत २५ करोड ११ लाख ३१ हजार ९ सय ४३ रुपैयाँ वितरण गर्न लागेको हो ।

बैंकले गत आर्थिक बर्ष ७४ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब ७ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL