Logo

मन्जुश्री फाइनान्सको नयाँ बचतखाता योजना, यस्ता छन विशेषता

मन्जुश्री फाइनान्सको नयाँ बचतखाता योजना, यस्ता छन विशेषता



काठमाडौं । मन्जुश्री फाइनान्सले आफ्नो नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता संचालनमा ल्याएको हो ।

न्युनतम मौज्दात ५ हजार रुपैयाँ रहेको उक्त बचत खातामा बचतकर्ताहरुले वार्षिक ८ दशमलव २५ प्रतिशत व्याजदर प्राप्त गर्न सक्नेछन । साथै निःशुल्क डेविट कार्डका साथै जुनसुकै एटिएम बाट विना शुल्क रकम झिक्न सकिने छ । कम्पनीका अनुसार उक्त खातावाला ग्राहकहरुले निशुल्क चेक बुक, बिना शुल्क बैंक स्टेटमेन्ट, जुनसुकै बेला पनि लिन सक्नेछन ।

उक्त खातामा एसएमएस बैंकिङ सी–आस्वा, आईपीएस सर्भिस लगायतका सेवाहरु पनि .निशुल्क उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको चुक्ता पूँजी ८० करोड ४० लाख रुपैयाँ रहेको छ । फाईनान्सले असार मसान्त सम्म ७ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन तथा ६ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL