Logo

झापा र ईलाम मालपोत कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउन्टर

झापा र ईलाम मालपोत कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउन्टर



काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा झापा ईलामका मालपोत कार्यालयमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दै झापाको दमक मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको हो ।

दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ भदौ ०१ गते झापा मालपोत कार्यालयका कार्यालय प्रमुख चण्डिप्रसाद कोईलाले उद्घाटन गरेका हुन । यस्तै ईलामस्थित मालपोत कार्यालय परिसरमा बुधबार ईलाम मालपोत कार्यालय प्रमुख केशब कुमार ढकाल र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख डिकेन्द्र बहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

झापा तथा ईलाम जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL