Logo

राष्ट्रिय वाणिज्य बैंकको चितवन शाखामा आगलागी, कागजात, लकर र सर्भर सुरक्षित

राष्ट्रिय वाणिज्य बैंकको चितवन शाखामा आगलागी, कागजात, लकर र सर्भर सुरक्षित



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिएका छन ।

laxmi

दुई तले सो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको छ ।

भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । विद्युत सर्ट भएर आगलागी भएको र महत्वपूर्ण कागजात, पैसाको लकर र सर्भर सुरक्षित रहेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताएका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL