Logo

ज्योति विकास बैंकको नाफा ६८ प्रतिशतले बढ्यो, निक्षेप संकलन र कर्जा विस्तारमा मार्यो छलाङ

ज्योति विकास बैंकको नाफा ६८ प्रतिशतले बढ्यो, निक्षेप संकलन र कर्जा विस्तारमा मार्यो छलाङ



काठमाडौं । ज्योति विकास बैंकले आर्थिक बर्ष २०७५/७६ मा आफ्नो नाफामा ६८ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आबको वित्तीय विवरण सार्वजनिक गर्दैै कुल ५० करोड रुपैयाँ खुद मुनामा आर्जन गरेको छ । जबकि बैंकले अघिल्लो आबमा २९ करोड ६२ लाख रुपैयाँ मात्र खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले नाफाको साथै निक्षेप संकलन गर्दा कर्जा विस्तारमा पनि उल्लेख्नीय प्रगति गरेको छ । सो अबधिमा बैंकले निक्षेप संकलन ६० प्रतिशतले वृद्धि गदाए कर्जा प्रबाह ५० प्रतिशतले बढाउन सफल भएको छ ।

बैंकले गत आबको असार मसान्तसम्ममा २९ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

सो अबधिमा बैंकको वेस रेट घटेर ११ दशमलव ४६ प्रतिशतमा झरेको छ भने स्प्रेड दर पनि ४ दशमलव ९४ प्रतिशत झरेको छ । बैंकको प्रति सेयर आम्दानी करिब ५ रुपैयाँले बढाउँदै १६ रुपैयाँ १३ पैसा पुर्याएको छ ।

गत आबमा बैंकले आफ्नो शाखा संजाल विस्तारमा एग्रेसिभ भएको छ । गत आबमा ३७ ओटा संख्या थप भई बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL