Logo

ज्योति विकास बैंक र रेमिट टु नेपालबीच सम्झौता, बैंकका शाखामार्फत रेमिट सेवा

ज्योति विकास बैंक र रेमिट टु नेपालबीच सम्झौता, बैंकका शाखामार्फत रेमिट सेवा



काठमाडौं । ज्योति विकास बैंक र रेमिट टु नेपालबीच सम्झौता भएको छ । बैंकको रेमिट सेवा अझ सहज र विस्तारित गर्ने उद्देष्यसहित बिहीबार बैंकले कम्पनीसँग सम्झौता गरेको हो ।

बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा रेमिट टु नेपालका महाप्रबन्धक सन्तोष भेटवालले उक्त सम्झौताको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौतापश्चात रेमिट टु नेपालको रेमिट सेवा ज्योति विकास बैंकका सबै शाखामार्फत पाईने भएको छ । हाल बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० ओटा एटिएम मार्फत सेवा विस्तार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL