Logo

महालक्ष्मी बिकास बैंकको नाफा ७८ प्रतिशतले बढ्यो, खराब कर्जा उठौतीमा सुधार

महालक्ष्मी बिकास बैंकको नाफा ७८ प्रतिशतले बढ्यो, खराब कर्जा उठौतीमा सुधार



काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा ७७ दशमलव ७७ प्रतिशतले बढेको छ । बैंकले गत आबमा ८० करोड रुपैयाँ नाफा गर्दै उल्लेख्य सुधार गरेको हो । जबकि बैंकले अघिल्लो आवमा ४५ करोड २१ लाख रुपैयाँ मात्र नाफा गरेको थियो ।

बैंकको खराब कर्जा उठौतीमा सुधार भएसँगै नाफामा उल्लेख्य सुधार भएको हो । अधिल्लो आवमा कुल कर्जाको ३ दशमलव ८८ प्रतिशत खराब कर्जा रहेको महालक्ष्मीको गत आवमा आईपुग्दा २ दशमलव ५४ प्रतिशतमा झरेको छ । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने रिर्जब कोषमा १ अर्ब ७५ करोड रुपैयाँ छ ।

बैंकले असार मसान्तसम्ममा ३० अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । अघिल्लो आवमा बैंकले २६ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रबाह गरेको थियो ।

नियामक निकायको अनुसार बैंकले सेयरधनीलाई ७२ करोड रुपैयाँ लाभांश बाड्न मिल्ने छ । हाल बैंकको स्प्रेड ४ दशमलव ७७ प्रतिशत छ भने बेसरेट ११ दशमलव २५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL