Logo

एनआईसी एशियाको चाडपर्व योजना सार्वजनिक, एक पटक पैसा पठाउँदा दोस्रो पटक सित्तैमा

एनआईसी एशियाको चाडपर्व योजना सार्वजनिक, एक पटक पैसा पठाउँदा दोस्रो पटक सित्तैमा



काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । योजनाअन्तरगत एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था गरेको छ ।

laxmi

बैंकले नजिकिँदै गरेको चाडपर्वको अवसरलाई मध्य नजर गर्दै एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा संचालनमा ल्याएको हो । उक्त विप्रेषण रकम बैंकका सम्पूर्ण शाखा, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ सेवामार्फत प्राप्त गर्न सक्नेछन ।

योजना २०७६ साल भदौ १ देखि असोज ३० गतेसम्म मान्य हुने बैंकले जानकारी दिएको छ । बैंकले २९५ शाखा, ३३५ एटिएम, ५७ एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL