Logo

ज्योति विकास बैंक र साम्सरा रेमिटबीच सम्झौता, साम्सराको प्रतिनिधिमार्फत रेमिट सेवा

ज्योति विकास बैंक र साम्सरा रेमिटबीच सम्झौता, साम्सराको प्रतिनिधिमार्फत रेमिट सेवा



काठमाडौं । ज्योति विकास र साम्सरा रेमिटबीच सम्झौता भएको छ । बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा कम्पनीको कार्यकारी उपाध्यक्ष जीवन बाबु श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

laxmi

सम्झौता पछि बैंकको ज्योति रेमिट सेवा कम्पनीको रेमिट सेवा मार्फत प्राप्त गर्न सकिने भएको छ । कम्पनीको ६ हजार भन्दा बढी बजार प्रतिनिधिहरु रहेको छ ।

बैंकले ९७ शाखा, २ एक्सटेन्सन काउन्टर तथा ४० एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले २९ अर्ब ५० करोड रुपैयाँभन्दा बढि निक्षेप संकलन गरी २५ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL