Logo

सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्व, आध्यात्मिक मञ्चलाई आर्थिक सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्व, आध्यात्मिक मञ्चलाई आर्थिक सहयोग



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विजयपुर आध्यात्मिक मञ्चलाई आर्थिक सहयोग गरेको छ ।

laxmi

बैंकले मञ्चलाई १ लाख ११ हजार रुपैयाँ आर्थिक सहयो गरेको हो । बैंकले हस्तान्तरण गरेको सो रकमले सिंह देवी मन्दिर देखि दुई धारे पथ हुदैं विजयपुर चोक सम्मको पैदल रेलिङ मार्गको निर्माण गरिने छ ।

साथै वुढा सुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर रहेको सो स्थानमा उक्त पैदल रेलिङ मार्ग निर्माण पछि आन्तरिक पर्यटक वृद्धि हुने बैंकले विस्वास लिएको छ ।

बैंकले सो रकम बराबरको चेक धरान शाखाका शाखा प्रबन्धक विपल्व राज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई हस्तान्त्तरण गरेका छन । बैंकले ८६ शाखामार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL