Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै प्रभु बैंक, एकैसाथ २ नयाँ शाखा संचालनमा

शाखा विस्तारमा एग्रेशिभ हुँदै प्रभु बैंक, एकैसाथ २ नयाँ शाखा संचालनमा



काठमाडौं । प्रभु बैंकले २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले सोमबार विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै डोल्पा र तनहँु जिल्लामा उक्त नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

laxmi

बैंकले डोल्पा जिल्लाको शे फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १ सय ९२ औं शाखाको रुपमा शे–फोकसुण्डो शाखा कार्यालय संचालनमा ल्याएको छ । यस्तै तनहुँ जिल्लाको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा १ सय ९३ औं शाखा कार्यालयको रुपमा डुम्रे शाखा कार्यालय संचालनमा ल्याएको हो ।

बैंकको शे–फोकसुण्डो शाखा कार्यालयको उद्घाटन शे–फोकसुण्डो गाउँपालिकाका अध्यक्ष टसि तुण्डुप गुरुङले गरेका हुन । यस्तै डुम्रे शाखा कार्यालयको उद्घाटन बन्दीपूर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL