Logo

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सम्झौता, गाडी किन्न ७० प्रतिशत ऋण पाईने

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सम्झौता, गाडी किन्न ७० प्रतिशत ऋण पाईने



काठमाडौं । आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सम्झौता भएको छ । रिलायन्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सका उपाध्यक्ष इमरान ए खानले हस्ताक्षर गरेका छन ।

सम्झौता पछि आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले रिलायन्स फाइनान्सबाट सहजै ७० प्रतिशत सम्मको ऋण सुविधा पाउने भएको छ । ग्राहकले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा उक्त कर्जा सुविधा प्राप्त गर्ने भएको हो ।

आगामी दिनमा ग्राहकहरुलाई ऋण सुविधा प्राप्त गर्न सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने समेत भएको छ ।

आइएमई ग्रुपले रेमिटान्स, बैंकिङ इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जालगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL