Logo

एनआईसी एशिया बैंक र सेल पेबीच सम्झौता, खाताको रकम सेल पेमार्फत भुक्तानी

एनआईसी एशिया बैंक र सेल पेबीच सम्झौता, खाताको रकम सेल पेमार्फत भुक्तानी



काठमाडौं । एनआईसी एशिया बैंक र सेल पेबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार सेल पेमार्फत बैंकका ग्राहकले आफ्नो खाता प्रयोग गरी बिजुली, खानेपानी, इन्टरनेट, टिभी साथै स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तरबैंक फण्ड ट्रान्सफर आदिको सुविधा प्राप्त गर्न सक्नेछन ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेल पेको प्रबन्ध निर्देशक पवन प्रधानले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौतासँगै सेल पेमा ग्राहकहरुले एनआईसी बैंक एकाउन्ट लिंक गरेमा वेलकम बोनसको रुपमा १ सय रुपैयाँ बराबरको मोबाइल टपअप प्राप्त गर्न सक्नेछन । लिंक गरेको खाताबाट भुक्तानी गर्दा कुनै शुल्क समेत नलाग्ने बैंकले जानकारी दिएको छ ।

साथै विभिन्न बिल भुक्तानी गर्दा थप क्यास ब्याक अफर समेत रहेको सेल पेले जनाएको छ । बैंकले २ सय ९५ शाखा, ३ सय १९ एटिएम, ५३ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL