Logo

सिटिजन्स बैंक र भेनस अस्पतालबीच सम्झौता, स्वास्थ्य उपचारमा विशेष छुट

सिटिजन्स बैंक र भेनस अस्पतालबीच सम्झौता, स्वास्थ्य उपचारमा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भेनस अस्पतालबीच सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले अस्पतालमा स्वास्थ्य उपचार गराउँदा विशेष छुट पाउने भएका छन ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा ७० अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरि बैंकले २ अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले ८१ शाखा, ७६ एटिएम र १ सय शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्डलगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL