Logo

सिटिजन्स बैंकको नयाँ ईन्टरनेट बैंकिङ सेवा, यस्ता छन सुविधा

सिटिजन्स बैंकको नयाँ ईन्टरनेट बैंकिङ सेवा, यस्ता छन सुविधा



काठमाडौं । सिटिजन्स बैंकले आफ्नो ईन्टरनेट बैंकिङलाई स्तरोन्नती गर्दै एक्स्प्रेस बैंकिङ नामक नयाँ सेवा संचालनमा ल्याएको छ । बैंकले हाल कायम इन्टरनेट बैकिङ सेवालाई विस्थापित गरी नयाँ इन्टरनेट बैकिङ सेवाको सुरुवात गरेको हो ।

उक्त नयाँ इन्टरनेट बैकिङ मार्फत स्टेटमेण्ट हेर्न, बैंक भित्र तथा अन्य बैंकमा रहेको खातामा रकम ट्रान्सफर गर्न, विजुली, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न लगायतका कामहरु गर्न सकिने बैंकले जानकारी दिएको छ ।
साथै स्कूल तथा कलेजको शूल्क तिर्न समेत उक्त सेवा गुणकारी हुने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL