Logo

राष्ट्र बैंकमा ८ जना कार्यकारी निर्देशकको सरुवा, कसले पाए कुन विभागको जिम्मेवारी ?

राष्ट्र बैंकमा ८ जना कार्यकारी निर्देशकको सरुवा, कसले पाए कुन विभागको जिम्मेवारी ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ जना कार्यकारी निर्देशकको सरुवा गरेको छ । राष्ट्र बैंकको यहि साउन १२ गतदेखि लागू हुनेगरी ८ जना कार्यकारी निर्देशकको सरुवा गरेको बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

उनका अनुसार बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी कार्यकारी निर्देशकमा देवकुमार ढकाललाई दिइएको छ । यसैगरी सो विभागमा रहेका कामू कार्यकारी निर्देशक बमबहादूर मिश्रलाई भुक्तानी विभागमा सरुवा गरिएको छ ।

यसैगरी राष्ट्र ऋण व्यवस्थापनमा निलम तिमिल्सिनालाई ल्याइएको छ भने सुमन अधिकारीलाई सामान्य सेवा विभागको जिम्मेवारी दिइएको छ । बैंकको वित्त कम्पनी विभागको जिम्मेवारी भने प्रदिपराज पाण्डेलाई दिइएको छ ।

राष्ट्र बैैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागमा मुकुन्द क्षेत्रीलाई ल्याइएको छ । यस अघि सो विभागमा रहेका महेश्वरलाल श्रेष्ठलाई संस्थागत सेवा विभागको जिम्मेवारी दिइएको छ ।

विकास बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी ऋषिकेश भट्टलाई दिइएको छ भने भुवन कँडेललाई आन्तरिक लेखा परिक्षण विभागमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL