Logo

प्रभु बैंक र अर्विटबीच सम्झौता, बैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई सहुलियत ऋण

प्रभु बैंक र अर्विटबीच सम्झौता, बैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई सहुलियत ऋण



काठमाडौं । प्रभु बैंक र अर्विट मेडिकल इन्ट्रान्सबीच सम्झौता भएको छ । सम्झौता पछि अर्विट मेडिकलको सिफारिसमा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने बिद्यार्थीहरुलाई प्रभु बैंकले सहुलिय कर्जा उपलब्ध गराउने भएको छ ।

laxmi

साथै बैकका सम्पूर्ण शाखामार्फत नगद जम्मा गर्ने, बिदेशी मुद्रा सटही सुविधा, स्वीफ्ट टीटी, अनलाईन भुक्तानी, आदिका माध्यमबाट गरिने टुफिल, पेटलगायतका शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने छन ।

साथै बैंकले आवश्यक शैक्षिक कर्जा समेत उपलब्ध गराउने भएको छ । बैंकसँगको सम्झौताले बिदेशमा अध्ययनका लागि जाने बिद्यार्थीहरु लाभान्भित हुने बैंकको अपेक्षा रहेको छ ।

बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र अर्विट मेडिकलका प्रवन्ध संचालक सुनिल रेग्मीले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL