Logo

कामना सेवा विकास बैंक र आईएमई पेएबीच सम्झौता, मोबाईलबाटै महसुल भुक्तानी गर्न सकिने

कामना सेवा विकास बैंक र आईएमई पेएबीच सम्झौता, मोबाईलबाटै महसुल भुक्तानी गर्न सकिने



काठमाडौं । कामना सेवा विकास बैंकले आईएमई पेएसँग सम्झौता गरेको छ । बैंकले आफना ग्राहकलाई आईएमईको आईएमई पेए डिजिटल वालेट सुविधा प्रदान गर्ने गरी उक्त कम्पनीसँग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ ।

laxmi

सम्झौता पछि बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत आईएमई पेए डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ ।

आईएमई पेए वालेट मार्फत ग्राहकले चन्द्रगिरी केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल, खानेपानी महसुललगायतका अन्य विभिन्न भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले ९७ शाखा तथा ४५ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले सिआश्वा, एबीबीएस, मोबाईल तथा एसएमएस बैंकिङ सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL