Logo

सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा ४ जना नियुक्त, बैंकिङ क्षेत्रमा १९ बर्षे अनुभव

सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा ४ जना नियुक्त, बैंकिङ क्षेत्रमा १९ बर्षे अनुभव



काठमाडौं । सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा सुमित बाबु खत्री, पारस कुमार काफ्ले, राजेन्द्र लाल श्रेष्ठ र उमंग शर्मा नियुक्त गरेको छ । बैंकले यही कार्तिक १ गतेबाट लागु हुने गरी सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंकको स्थापना देखिनै आबद्ध चारै जनाले विभिन्न पदमा रहि काम गर्दै आएका छन । ‘भित्र सिस्टम र बाहिर इमेज’ को नारालाई आत्मसाथ गर्दै बैंकिङ क्षेत्रमा रहेको उनीहरुको अनुभवले बैंकलाई थप उचाईमा पुर्याउने प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको विस्वास रहेको छ ।

करिव १९ वर्षको बैंकिंग अनुभव भएका सुमित बाबु खत्रीले १५ वर्ष कर्जा विभागको विभिन्न पदमा रही काम गरी सकेका छन । त्यस्तै पारस कुमार काफ्ले र राजेन्द्र लाल श्रेष्ठको समेत बैंकिङ क्षेत्रमा १९ बर्षे अनुधव रहेको छ भने उमंग शर्माको १८ बर्षे अनुभव रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा ७० अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरि २ अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।बैंकले ८१ शाखा, ७६ एटिएम र ९९ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL