Logo

बिहीबार देखी जनक पौड्यालले सम्हाले सनराइज बैंकको कमाण्ड, बैंकिङ क्षेत्रमा ३२ बर्षे अनुभव

बिहीबार देखी जनक पौड्यालले सम्हाले सनराइज बैंकको कमाण्ड, बैंकिङ क्षेत्रमा ३२ बर्षे अनुभव



काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा जनक शर्मा पौड्याललाई नियुक्त गरेका छन । बैंकको संचालक समितिको निर्णयानुसार रिक्त रहेको सिइओमा पौड्याललाई नियुक्त गरिएको हो ।

पौड्यालले तत्कालिन नेपाल अरब बैंक (हाल नबिल बैैक) मा करिब ११ वर्षको कार्यानुभव लिईसकेका छन । त्यस्तै उनले एनआईसी एशिया बैंकमा ५ वर्ष र लक्ष्मी बैंकमा २ वर्षको अनुभव बटुली सकेका छन ।

पौड्यालसँग बेलायत स्थित बार्कलेज् बैंकमा करिब साढे ४ वर्ष काम गरेको अनुभव समेत रहेको छ । बेलायतबाट फर्के लगतै ग्लोबल आईएमई बैंकको विभिन्न पदमा रही ११ बर्ष काम गरी प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी सम्हाली सकेका छन ।

पौड्यालसँग बैंकिङ क्षेत्रमा करिब ३२ बर्ष काम गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL