Logo

ज्योति विकास बैंकको ११ औं वार्षिकोत्सव सम्पन्न, हाम्रो सुरक्षित बचत खाता संचालनमा

ज्योति विकास बैंकको ११ औं वार्षिकोत्सव सम्पन्न, हाम्रो सुरक्षित बचत खाता संचालनमा



काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १२औं वर्षमा प्रवेश भएको उपलक्ष्यमा ११ औं वार्षिकोत्सव मनाएको छ ।

laxmi

बैंकको वार्षिकोत्सवको अवसरमा रक्तदानलगायत ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत इनेबल नेपाल संस्थालाई २ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रुपमा २ लाखको चेक इनेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका हुन ।

वार्षिकोत्सवकै अवसरमा बैंकले ‘हाम्रो सुरक्षित बचत खाता’ नामक नयाँ बचत खाता सार्वजनिक गरेको छ । बचत संगै ५ लाखसम्म दुर्घटना बीमा तथा १ लाखसम्म औषधि उपचार खर्च प्रदान गर्ने नयाँ बचत खाताले थप सुविधा पाउने बैंकको विस्वास रहेको छ ।

सञ्चालक समितिका अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उत्कृष्ट कर्मचारीहरुलाई संयुक्त रुपमा पदक तथा कदरपत्र प्रदान गरेका छन ।

बैंकले ९७ शाखा, २ एक्सटेन्सन काउन्टर तथा ४० एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL