Logo

दोब्बरले बढ्यो प्रभु बैंकको नाफा, खराब कर्जा उठौतीमा सुधार

दोब्बरले बढ्यो प्रभु बैंकको नाफा, खराब कर्जा उठौतीमा सुधार



काठमाडौं । प्रभु बैंकले आर्थिक बर्ष २०७५/७६ मा आफ्नो नाफा दोब्बरले बढाएको छ । बैंकले गत आबमा २ अर्ब ५ करोड नाफा गर्दै दोब्बरले वृद्धि गरेको हो । जबकि अघिल्लो आबमा बैंकले ९६ करोड ७० लाख रुपैयाँ मुनाफा गरेको थियो । यो नाफा अघिल्लो आवको तुलनामा ११३ प्रतिशतले बढी हो ।

laxmi

बैंकको व्याज आम्दानी र खराब कर्जा उठौतीमा सुधार आएसँगै समग्र नाफामा वृद्धि भएको हो । अघिल्लो आबमा २ अर्ब ८१ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले गत अबमा आई ४ अर्ब ५६ करोड ब्याज आम्दानी गरेको छ ।

हाल बैंकको खराब कर्जा अनुपात कुल कर्जा प्रबाहको २.३१ प्रतिशतमा मात्र रहेको छ । अघिल्लो आबमा यस्तो कर्जा ३.९८ प्रतिशत रहेको थियो ।

गत आबको अन्त्यसम्ममा बैंकले १ खर्ब १२ करोड निक्षेप संकलन गरी ८६ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल बैंकको प्रति सेयर आम्दानी २४.१८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL