Logo

अब बैंकहरुले कर्जा बाहेक अरूको बीमा पोलिसी बेच्न नपाउने, मौद्रिक नीतिको पुर्ण पाठसहित

अब बैंकहरुले कर्जा बाहेक अरूको बीमा पोलिसी बेच्न नपाउने, मौद्रिक नीतिको पुर्ण पाठसहित



काठमाडौं । अब बैंकहरुले कर्जा बाहेकको बीमा पोलीसी बेच्न नपाउने भएका छन । नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक बर्ष २०७६ ७७ को मौद्रिक नीतिले विभिन्न बैंकहरुले कर्जा बाहेकको बीमा पोलिसी बेच्न नपाउने व्यवस्था गरेको हो ।

laxmi

विभिन्न बैंकहरुले हालसम्म बैंकास्योरेन्सको नाममा बीमा कम्पनीका बीमा पोलिसीहरु बेच्दै आएका थिए । सोही अनुसार बैंकले गरेको हालको बैंकास्योरेन्स अवैधानिक भएको भन्दै बीमा समितिले पनि बताउँदै आएपनि यसको नियमन भने हुन सकिरहेको थिएन ।

तर चालु आर्थिक बर्षको मौद्रिक नीति सुनाउँदै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले बैंकहरुले अब यस्ता बीमा पोलीसीहरु बेच्न नपाउने बताएका हुन । बैंकहरुले जिबन बीमा लगायत निर्जिवन बीमाका समेत बीमा पोलीसी संस्थागत अभिकर्ताको रुपमा बेच्ने गरी बीमा कम्पनीहरुसँग बैंकास्योरेन्स गर्दै आएका थिए ।

मौद्रिक नीति पढ्न यहाँ क्लिक गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस्
MBL