Logo

बाणिज्य बैंकले प्राथमिक पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने, स्प्रेडदर ४.४ प्रतिशतमा झारियो

बाणिज्य बैंकले प्राथमिक पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने, स्प्रेडदर ४.४ प्रतिशतमा झारियो



काठमाडौं । बाणिज्य बैंकहरुले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक बर्ष २०७६ ७७ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकको गभर्नर डा. चिरञ्जिबी नेपालले बाणिज्य बैंकहरुले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निश्काषन गर्नुपर्ने बताएका हुन ।

laxmi

बाणिज्य बैंकहरुले उक्त ऋणपत्र भने २०७७ को असार मसान्तभित्रै निश्काषन गरिसक्नुपर्ने व्यवस्था मौद्रिक नीतिमार्फत ल्याइएको छ । मौद्रिक नीतिमा उक्त व्यवस्था आएसँग बजारबाट बैंकहरुको ५० अर्ब बढिको थप ऋणपत्र जारी हुनेछ ।

यस्तै चालु आर्थिक बर्षको मौद्रिक नीतिमा बैंकहरुको स्प्रेडदर पनि ४ दशमलव ४ प्रतिशतमा झारिएको उल्लेख छ । मौद्रिक नीतिमा बाणिज्य बैंकहरुले २०७७ असार मसान्तसम्म कर्जा र निक्षेपको ब्याजदर बीचको अन्तर ४ दशमलव ४ प्रतिशत पुर्याउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL