Logo

प्रभु बैंकको नयां एप्लीकेसन, मोबाईलबाटै विदेशी मुद्रा सटही

प्रभु बैंकको नयां एप्लीकेसन, मोबाईलबाटै विदेशी मुद्रा सटही



काठमाडौं । प्रभु बैंकले अनलाईन मार्फत मुद्रा सटही सुविधा प्रदान गर्नका लागि ‘प्रभु ईजी फोरेक्स’ एप्लीकेसन संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राख्दै सोमबारदेखि उक्त एप्लीकेसन संचालनमा ल्याएको हो ।

रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनको लागि हाल बिदेश भ्रमण गर्नेको संख्या दिनानुदीन बढ्दै गइरहेको र ब्यस्त दैनिकीका बावजुत पनि बैंकसम्मै पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनुपर्ने बाध्यता विद्यमान रहेकाले यसको झन्झट हटाउन उक्त एप्लिकेसन संचालनमा ल्याएको बैंकले जानकारी दिएको हछ ।

बैंकका अनुसार उक्त एप्लीकेसन एन्ड्रोईड मोबाइलको प्लेस्टोरबाट डाउनलोड गर्न सकिनेछ । उक्त एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाइन आवेदन गर्न सकिनेछ ।

आवेदकलाइ बैंकवाट केही समय भित्रमै एसएमएस मार्फत सटहीको कन्फर्मेसन प्रदान गरिनेछ तत्पश्चात आवेदकले आफ्नो अनूकुल समयमा तोकिएको शाखा तथा काउण्टरवाट बैदेशिक मुद्रा संकलन गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL