Logo

संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउण्टर, २४ घण्टे एटिएम सेवा

संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउण्टर, २४ घण्टे एटिएम सेवा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काठमाडौंको संघीय संसद सचिवालय परिसरमा एक्सटेन्सन काउण्टर तथा एटिएम सेवा संचालनमा ल्याएको छ । प्रतिनीधि सभाका सभामुख कृष्णबहादुर महराले एक कार्यक्रमकाबीच सोमबार उक्त एक्सटेन्सन काउन्टर एवं एटिएम सेवाको उद्घाटन गरेका हुन ।

laxmi

कार्यक्रममा बोल्दै सभामुख महराले सरकारी बैंकको सेवाबाट सांसद तथा सचिवालयका कर्मचारीहरुलार्ई कारोबार गर्न उक्त सेवाबाट सहज हुने बताएका छन । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवा अझ चुस्त र प्रविधिमैत्री हुने बताउदैं उक्त एटिएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताएका छन ।

बैंकले २ सय २२ शाखा, १ सय ७५ एटिएम तथा ९३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL