Logo

सिभिल बैंकले पायो आईएसओ प्रमाणपत्र, मर्जरमा जान विभिन्न बैंकसँग सल्लाह हुँदै

सिभिल बैंकले पायो आईएसओ प्रमाणपत्र, मर्जरमा जान विभिन्न बैंकसँग सल्लाह हुँदै



काठमाडौं । सिभिल बैंकले आईएसओ सर्टिफिकेट ९००१ः२०१५ पाएको छ । बैंकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आईएसओ प्रमाणीत सर्टिफिकेट ग्रहण गरेको हो । आईएसओ सर्टिफिकेसनको आधिकारिक संस्था युनाईटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस) नेपालका कन्ट्री म्यानेजर प्रकाश पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेका हुन ।

laxmi

बैंकले विभिन्न ७ शिर्षकमा राम्रो अंक पाएकाले उक्त प्रमाणपत्र दिएको युआरएस नेपालका कन्ट्री म्यानेजर पौडेलले जानकारी दिएका छन ।

यस्तै बैंकका संचालक समितिका अध्यक्ष ईच्छाराज तामाङले बैंकले विभिन्न ८/१० ओटा बैंकहरुसँग मर्जरको विषयमा कुरा अघि बढाएको जानकारी दिएका छन । उनले राष्ट्र बैंकले मर्जरमा जानका लागि निर्देशन दिएपछि विभिन्न बैंकसँग कुरा गरेको र खासगरी आफ्नौ बैंकभन्दा केही स्तर माथिको बैंकसँग मर्जर गर्न आतुर भएको बताएका हुन ।

‘विभिन्न वर्गका विभिन्न बैंकहरुसँग मर्जरको विषयमा छलफल भएको छ,’ उनले भने, ‘तर अन्तिम निर्णय भने हुन बाँकी छ, सायद अबको केही दिनमा नै मर्जरको विषयमा अन्तिम निर्णय हामी सार्वजनिक गर्नेछौं ।’ उनले राष्ट्र बैंकको मौद्रिक नीतिलाई पनि हेरेर मर्जरको विषयमा छलफल गर्ने जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL