Logo

हिमालयन बैंकको सामाजिक उत्तरदायित्व, टिचफर नेपाललाई आर्थिक सहयोग

हिमालयन बैंकको सामाजिक उत्तरदायित्व, टिचफर नेपाललाई आर्थिक सहयोग



काठमाडौं । हिमालयन बैंकले टिच फर नेपाललाई आर्थिक सहयो गरेको छ । बैंकले ग्रामिण क्षेत्रका समुदायिक÷सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउन ५ लाख रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको हो ।

laxmi

‘एक दिन नेपालका सबै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन’ भन्ने मुल नाराका साथ अगाडी बढेको टिच फर नेपालले हालसम्म विभिन्न ६ जिल्लाका ६७ वटा विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकहरु पठाई ३० हजार भन्दा बढि विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाउँदै आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनाललाई हस्तान्तरण गरेका छन । बैंकले ५९ शाखा, १२१ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL