Logo

कृषि विकास बैंकमा ३८४ जनाका लागि जागिर, खुल्यो लेखापाल देखि शाखा अधिकृतसम्मको आवेदन

कृषि विकास बैंकमा ३८४ जनाका लागि जागिर, खुल्यो लेखापाल देखि शाखा अधिकृतसम्मको आवेदन



काठमाडौं । कृषि विकास बैकले विभिन्न पदका लागि ३ सय ८४ जनाको लागि दरखास्त आवेदन माग गरेको छ । बैंकले आर्थिक वर्ष २०७५र७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पुर्ति गर्नका लागि उक्त आवेदन माग गरेको हो ।

laxmi

बैंकले आह्वान गरेको दरखास्तमा वरिष्ठ शाखा प्रमुखदेखि लेखापाल सम्म योग्यता भएकाले आवेदन दिन पाउने भएका छन । बैंकले वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना र वरिष्ठ इन्जिनियर(आइटी २० जनाका लागि आवेदन माग गरेको छ । यस्तै व्यवसाय सहायक १ सय ७ जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना समेत माग गरेको छ ।

यस्तै बैंकले विराटनगर केन्द्रका लागि ६७ जना भैरहवा केन्द्रका लागि १ सय जना र सुर्खेत केन्द्रका लागि ४२ जना लेखापाल समेत माग गरेको छ । दरखास्तमा आवेदन दिने अन्तिम म्याद भने साउन २० गतेसम्म अनलाइबाटै भर्न सकिने व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL