Logo

प्रोग्रेशिभ फाइनान्सको साधरणसभा सम्पन्न, अध्यक्षमा पुनः महर्जन

प्रोग्रेशिभ फाइनान्सको साधरणसभा सम्पन्न, अध्यक्षमा पुनः महर्जन



काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको एक्काइसौं तथा बाइसौं बार्षिक साधरण सभाले नयाँ संचालक समिति चयन गरेको छ ।

laxmi

सभाले संस्थापक समूहबाट किशोरकुमार महर्जन, लक्ष्मीप्रसाद महर्जन तथा शम्भुलाल डंगोल निर्विरोध निर्वाचित गरेका छन भने सर्वसाधारणबाट समुद्रकाजी श्रेष्ठ, अनिश महर्जन तथा सविना महर्जन सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन ।

नवनिर्वाचित संचालक समितिको सहमतिले किशोर कुमार महर्जनलाई पुनः अध्यक्षको रुपमा चयन गरेको छ । अध्यक्ष महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रष्ट पारेका थिए ।

साधारण सभाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु पारित गरेको छ ।

आईतबार बसेको उक्त सभाले आव २०७५/७६ का निम्ति बाह्य लेखापरीक्षकका रुपमा एसएमसी एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाको साधारण सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका निम्ति प्रस्तुत विषयहरु सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL