Logo

महालक्ष्मी विकास बैंकको निशुल्क स्वास्थ्य शिविर, ३ सय जनाको स्वास्थ्य परिक्षण

महालक्ष्मी विकास बैंकको निशुल्क स्वास्थ्य शिविर, ३ सय जनाको स्वास्थ्य परिक्षण



काठमाडौं । महालक्ष्मी विकास बैंकले यही शनिबार निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत बैंकको सुकेधारा शाखाले ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा शिविर संचालन गरेको हो ।

उक्त शिविरमा मधुमेह, स्त्री तथा प्रसुती रोग तथा रक्तचापको परिक्षण गरिएको बैंकले जानकारी दिएको छ । उक्त शिविर करिब ३ सय जनाले निशुल्क स्वास्थ्य जाँच गराएको बैंकले जानकारी दिएको छ ।

शिविरमा बैंकको सुकेधारा शाखाले निशुल्क औषधी समेत उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL