Logo

मुक्तिनाथ विकास बैंक र ओम समाज डेण्टल अस्पतालबीच सम्भौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट

मुक्तिनाथ विकास बैंक र ओम समाज डेण्टल अस्पतालबीच सम्भौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र ओम समाज डेण्टल अस्पताल, चाबहिलबीच एक सम्झौता भएको छ । बैंक र अस्पतालबीच आईतबार एक कार्यक्रमका बीच तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा ओम समाज डेण्टल अस्पताका अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले डेण्टल अस्पताल, चाबहिलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले देशैभरी १ सय १९ वटा शाखा, २५ वटा एटिएम मार्फत आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL