Logo

सर्वसम्मतिले सनराइज बैंकको सिईओमा जनकराज शर्मा पौड्याल नियुक्त, ४ बर्षे कार्यकाल

सर्वसम्मतिले सनराइज बैंकको सिईओमा जनकराज शर्मा पौड्याल नियुक्त, ४ बर्षे कार्यकाल



सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनकराज शर्मा पौड्याल नियुक्त भएका छन् । बैंक संचालक समितिको आज भएको बैठकले पौड्याललाई सर्व सम्मतिमा सिईओमा नियुक्त गरेको हो ।

संचालक समितिको आज भएको बैठकले उनलाई आगामी ४ बर्षका लागि सिईओमा नियुक्त गरेको हो । संचालक समितिले निर्णय गरेसँगै पौड्यालले आजै सिईओ पदका लागि बैंक समक्ष सम्झौता गरेका छन् ।

बैंक संचालक समितिले यस अघि निरज गोविन्द श्रेष्ठलाई प्रमुख कार्यकारी अघिकृतमा नियुक्त गरेको थियो । तर, संचालकहरुको विवादका कारण उनले सिईओ भएर काम गर्न नसक्ने भन्दै अस्वीकार गरेका थिए । श्रेष्ठलाई संचालक समितिले नियुक्त गरेपनि बैंकका संचालकद्वय मालचन्द दुगड र शैलेन्द्र गुरागाईले असन्तुष्टि व्यक्त गरेका थिए । तर आज सम्पूर्ण संचालकको सर्वसम्मतिमा पौड्याललाई सिईओ नियुक्त गरिएको एक संचालकले जानकारी दिए ।

पौड्याल यस अघि ग्लोबल आईएमई बैंकको सिईओ पद छाडेर बसेका थिए । हाल उनको राष्ट्र बैंकको नियम अनुसार ६ महिनाको कुलिङ पिरियड समेत सकिएको छ । तीन दशक लामो बैंकिङ क्षेत्रमा विताएका पौड्यालको विदेशी बैंकमा समेत काम गरेको अनुभव छ । उनले बेलायती बैंकमा समेत काम गरेका छन् । उनले नबिल बैंकबाट आफ्नो बैंकिङ किरियर सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL