Logo

मौद्रिक नीति साउनको पहिलो हप्ता, आयातमा कडाई गरिने

मौद्रिक नीति साउनको पहिलो हप्ता, आयातमा कडाई गरिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७६÷७७ को मौद्रिक नीति साउनको पहिलो हप्ता ल्याउने भएको छ ।

laxmi

राष्ट्र बैंकले सामान्यतया आगामी आर्थिक बर्षको मौद्रिक नीति चालू आबमै ल्याउने गरेपनि यसपटक बिग मर्जरको विषयमा थप अध्ययन तथा छलफल गर्नुपर्ने भएकाले केही समय पछि धकेलिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

हाल मौद्रिक नीतिको सम्बन्धमा तल्लो कमिटबाट सिफारिस भएर माथिल्लो कमिटिमा छलफल भइरहेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले जानकारी दिए । ‘अहिले मौद्रिक नीतिको अन्तिम चरणमा छलफल भइरहेको छ,’ उनले भने, ‘साउनको पहिलो हप्ता सार्वजनिक गर्नेछौं ।’ हाल राष्ट्र बैंकले त्रैमासिक रुपमा मौद्रिक नीति सार्वजनिक गर्दै आएकाले पनि केही ढिलाई हुँदा समस्या नहुने उनको तर्क थियो ।

सरकारले विग मर्जर तथा आयात नीतिलाई कडाई गर्नेगरी आगामी आबको मौद्रिक नीति ल्याउने समेत उनको भनाई थियो । ‘हामीले समग्र आर्थिक समष्टिगत स्थिती सुधार तथा सरकारले लिएको आर्थिक लक्ष्य पच्छ्याउने गरी मौद्रिक नीति ल्याउने हो, उनले भने, ‘विग मर्जरको विषय सरकारले नै बजेटमार्फत ल्याएको हुनाले मौद्रिक नीतिले नसमेट्ने कुरै भएन ।’

पछिल्लो समय देशको शोधनान्तर घाटा उच्च हुँदै गएसँगै मौद्रिक नीतिले आयातमा समेत कडा नीति अबलम्ब गर्ने भएको छ । विशेषगरी सवारीसाधन आयात तथा अन्य विलासिताका बस्तु आयातमा कडाई गरिने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL