Logo

संस्था एक्वायर गर्न ग्लोबल आईएमई बैंकले साउन १४ मा डाक्यो विशेष साधारणसभा, यस्ता छन् प्रस्ताव

संस्था एक्वायर गर्न ग्लोबल आईएमई बैंकले साउन १४ मा डाक्यो विशेष साधारणसभा, यस्ता छन् प्रस्ताव



काठमाडौं । ग्लोबल आईएमई बैंकले विशेष साधारणसभा बोलाएको छ । बैंकले साउन १४ गतेको लागि विशेष साधारणसभा बोलाएको हो ।

बैंकले हाथवे फाइनान्सलाई गाभ्ने प्रस्ताव पारित गर्नका लागि विशेष साधारणसभा बोलाएको हो ।
सो साधारणलेसभाले फाइनान्स गाभ्नको बैंकलाई स्वीकृति दिने, डिडिए प्रतिवेदनको आधारमा स्वाप रेसियो स्वीकृत गर्ने भएको छ ।

साथै बैंकले हाथवेलाई एक्विजिशन गरेपश्चात चुक्ता पूँजी वृद्धि हुने हुँदा सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने अधिकार संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ ।

एकिकृत कारोबारको अन्तिम चरणमा रहेको ग्लोबल र हाथवेले सोही दिन एक्विजिशन सम्बन्धी सम्पूर्ण प्रक्रिया टुङ्ग्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL