Logo

सनराइज बैंकको सिईओमा जनकराज शर्मा पौड्याल, आजको बैंठकले अन्तिम टुङ्गो लगाउने

सनराइज बैंकको सिईओमा जनकराज शर्मा पौड्याल, आजको बैंठकले अन्तिम टुङ्गो लगाउने



काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनकराज शर्मा पौड्याल नियुक्त हुने भएका छन् । पौड्याललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने विषयमा बैंक संचालक समितिबीच सहमति भैसकेको र आज बस्ने बैठकले त्यसलाई पूर्णता दिईने बैंकका एक संचालकले जानकारी दिए ।

बैंक संचालक समितिले यस अघि निरज गोविन्द श्रेष्ठलाई प्रमुख कार्यकारी अघिकृतमा नियुक्त गरेको थियो । तर, संचालकहरुको विवादका कारण उनले सिईओ भएर काम गर्न नसक्ने भन्दै अस्वीकार गरेका थिए ।

श्रेष्ठलाई संचालक समितिले नियुक्त गरेपनि बैंकका संचालकद्वय मालचन्द दुगड र शैलेन्द्र गुरागाईले असन्तुष्टि व्यक्त गरेका थिए । जसका कारण श्रेष्ठले सिईओ भएर काम गर्न सकेनन् ।

आज हुने बैंक संचालक समितिको बैंठकमा सिईओ नियुक्तीको प्रस्ताव लगिने र आजै नै पौड्याललाई सिईओ पदमा नियुक्त गरिने उक्त स्रोतले जानकारी दिएको छ । पौड्याल यस अघि ग्लोबल आईएमई बैंकको सिईओ पद छाडेर बसेका थिए । हाल उनको राष्ट्र बैंकको नियम अनुसार ६ महिनाको कुलिङ पिरियड समेत सकिएको छ ।

तीन दशक लामो बैंकिङ क्षेत्रमा विताएका पौड्यालको विदेशी बैंकमा समेत काम गरेको अनुभव छ । उनीसँग बेलायती बैंकमा समेत काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL