Logo

बर्दियाकोे बांसगढीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा, शाखा संख्या २२१ पुग्यो

बर्दियाकोे बांसगढीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा, शाखा संख्या २२१ पुग्यो



काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले बर्दियाको बांसगढीमा शाखा विस्तार गरेको छ । बैंकले बांसगढीमा विस्तार गरेको उक्त शाखासँगै बैंकको शाखा संख्या २ सय २१ पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताएका छन ।

बैंकले २ सय २१ शाखा, १ सय ७५ एटिएम र ९३ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल सम्म १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL