Logo

विश्व बैंकको १ सय मिलियन डलर सहायता नेपालले स्विकार गर्याे, आजै भयो सम्झौता

विश्व बैंकको १ सय मिलियन डलर सहायता नेपालले स्विकार गर्याे, आजै भयो सम्झौता



काठमाडौं । नेपालको संघीय आर्थिक सुधारका लागि विश्व बैंकले प्रदान गर्ने १ सय मिलियन डलर स्विकार गर्ने सम्बन्धी आज सम्झौता भएको छ । अर्थमन्त्रालयका सचिव लालसंकर घिमीरे र विश्व बैंक नेपालका कन्ट्री म्यानेजर फरिस एच हदाद जर्भसले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

शुक्रबार अर्थमन्त्रालयमा गरिएको सम्झौता कार्यक्रममा विश्व बैंकले संघीय आर्थिक मामिला सम्बन्धीको परियोजनामा अघिल्लो बर्षदेखि गर्दै आएको उक्त सहायताका लागि यस बर्ष पनि सम्झौता गरेको हो । कार्यक्रममा बोल्दै अर्थ सचिव घिमिरेले सहायता र समन्वय नेपालको संघीय सरकारको मुख्य आधार भएको बताउँदै यसलाई सबल बनाउँदै लैजाने बताएका छन ।

संघीय नेपालको आधार स्तम्भ तयार गर्न तथा नीति निर्माण गर्नका लागि विश्व बैंकले सहायता दिने र उक्त रकम बराबरको सहायता बुझ्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । यस्तै सम्झौता कार्यक्रममा विश्व बैंक नेपालका कन्ट्री म्यानेजर जर्भसले नेपालको संघीय अर्थतन्त्रलाई सहयोग पुर्याउने विश्व बैंकको उद्देष्य भएको जानकारी दिएका छन । उनले उक्त सहायताले संघीय नेपालको स्रोत साधन परिचालन, उपयुक्त स्रोतको खोजी, स्रोत विस्तार लगायतका क्षेत्रमा सहयोग पुर्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL