Logo

एनआईसी एशिया र विराटनगर अस्पतालबीच सम्झौता, स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट

एनआईसी एशिया र विराटनगर अस्पतालबीच सम्झौता, स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र विराटनगर अस्पतालबीच सम्झौता भएको छ । सम्झौता पछि बैंकका कर्मचारीलाई उक्त अस्पतालमा स्वास्थ्य उपचार गराउँदा अस्पतालका विभिन्न सेवामा १५ प्रतिशत सम्मको छुट पाउने भएको छ ।

बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका ग्राहकहरुलाई विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको बैकले जानकारी दिएको छ ।

बैंकका प्रदेश नं १ अन्तरगत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्य र अस्पतालका निर्देशक डा.सुशील तपरियाले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले २ सय ८६ शाखा, ३ सय एटिएम, ४७ एक्स्टेन्सन काउण्टर एवं ४० शाखारहित बैंकिङ इकाईमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL