Logo

राष्ट्रिय बाणिज्य बैंकको नयाँ शाखा बर्दियाकोे बांसगढीमा

राष्ट्रिय बाणिज्य बैंकको नयाँ शाखा बर्दियाकोे बांसगढीमा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बर्दियाको बाँसगढीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै प्रदेश नम्बर ५, बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा न. ५ मा उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

laxmi

बैंकले उक्त शाखा कार्यालय संचालनमा ल्याएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २ सय २१ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको जानकारी दिएका छन ।

बैंकले हाल नेपालभर १ सय ७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL