Logo

नेपाल युवा उद्यमशीलता सम्मेलन साउन तेस्रो हप्ताबाट, मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक

नेपाल युवा उद्यमशीलता सम्मेलन साउन तेस्रो हप्ताबाट, मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक



काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र बिशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ हुने भएको छ ।

laxmi

यही साउन २७ र २८ गते काठमाडौंमा हुने उक्त सम्मेलनको मुख्य प्रायोजकमा भने राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ । सम्मेलनमा मुख्य प्रायोजक भएसँगै बैंकले आयोजकलाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने भएको छ । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले एक समझदारीपत्रमा हस्ताक्षर समेत गरेका छन ।

समझदारी पत्रमा हस्ताक्षर गदैं बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वित्तीय साक्षरताका माध्यमबाट युवाहरुलाई उद्यमी बनाउन सकिने र युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराएर मात्र मुलुक समृद्ध बन्न सक्ने बताएका छन । सोही अवसरमा सम्मेलन मुल आयोजक समितिका संयोजक गैरेले प्रादेशिक संरचनाभित्र उद्यमशीलताका नविनतम् अवसरको खोजी गर्ने, नयाँ स्टाटअप कम्पनी र त्यस माथिको लगानीबारे लगानीकर्तासँग छलफल चलाउने बताएका छन ।

साथै लगानी जुटाइदिने, सरकार र युवा उद्यमीहरुबीच छलफलको वातावरण निमार्ण गर्ने, युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी निति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको सो सम्मेलनमा उद्यमशीलतामा रुची राख्ने युवा, विद्यार्थी, नयाँ युवा उद्यमी, लगानीकर्ता, बिज्ञ, सरोकारवालासहित देशभरका करिब ३ हजार युवा उद्यमीहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL