Logo

मौद्रिक नीतिमा एफएनसिसिआईको सुझाव, बैंकरलाई उद्योग खोल्न र व्यापार गर्न रोक

मौद्रिक नीतिमा एफएनसिसिआईको सुझाव, बैंकरलाई उद्योग खोल्न र व्यापार गर्न रोक



काठमाडौं । उद्योगीहरुले आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा बैंक र व्यवसायी छुट्याउन माग गरेका छन् । बैंकरहरु उद्योग व्यवसायमा रहँदा कर्जामा कार्टेलिङ भएको भन्दै बैंकरहरुलाई उद्योग र व्यापार गर्न रोक लगाउन व्यवसायीहरुले माग गरेका हुन् ।

laxmi

नेपाल राष्ट्र बैंकद्वारा आयोजित आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा सुझाव संकलन कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंकरलाई उद्योग तथा व्यापारमा लगानी गर्न पूर्ण रुपमा बन्देज लगाउनु पर्ने बताएका छन् । ‘बैंकर र उद्योगी तथा व्यपारी एउटै व्यक्ति हुँदा कर्जा प्रबाहमा कार्टेलिङ भएको छ,’ उनले भने, ‘अहिले बैंकका लगानीकर्ताहरुबीच एक आपसमा एकअर्का बैंकबाट ठूला कर्जा लिने क्रम बढेको छ जसले गर्दा वास्तविक उद्योगीहरुले बैंकबाट कर्जा पाउन सकेका छैनन् ।’

पछिल्लो समय बैंकहरुले एकअर्का बैंकबाट ठूलो मात्रामा कर्जा लिएर कार्टेलिङ गरेको भन्दै आवश्यक परेको खण्डमा प्रमाण समेत पेश गर्ने उनको दावी थियो । बैंकर्सहरुले सबैले बुझ्ने खालको खुला रुपमा कार्टेलिङ गरेको भन्दै त्यसलाई मौद्रिक नीतिले रोक्नुपर्ने उनको सुझाव थियो ।

यसैगरी नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले पनि आगामी बर्षको मौद्रिक नीतिले व्याजदरमा स्थायित्व ल्याउनुका साथै उद्योगी मैत्री आउनु पर्ने बताईन । निजी क्षेत्रसँगको सहकार्य विना सरकारले लक्षित गरेको साढे ८ आर्थिक वृद्धि हासिल गर्न नसक्ने भन्दै बैंकमाथी राष्ट्र बैंकले हस्तक्षप गर्नुपर्ने बताईन् ।

यसैगरी कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवारले ७ देखि ९ प्रतिशतकोबीचमा व्याजदर रहनेगरी मौद्रिक नीति ल्याउनुपर्ने बताए । साथै व्यक्तिगत कर्जाको सिमा १ करोड र पुनर्कर्जाको सिमा १ खर्ब पुर्याउने पर्ने उनको माग थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL