Logo

मुक्तिनाथ विकास बैंक र खल्तीबीच सम्झौता, बैंकको पैसा अब खल्तीमा

मुक्तिनाथ विकास बैंक र खल्तीबीच सम्झौता, बैंकको पैसा अब खल्तीमा



काठमाडौं । मुक्तिनाथ विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि बैंक र खल्तीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता अनुसार अब मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन । उक्त किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL