Logo

एनसीसी बैंकका लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर, साधारणसभाले पारित गर्दै

एनसीसी बैंकका लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर, साधारणसभाले पारित गर्दै



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आफ्ना सेयरधनीलाई बोनस सेयर दिने भएको छ ।

बैंक संचालक समितिको आईतबार (आज बिहान) बसेको बैठकले लगानीकर्तालाई १५ दशमलव ८९ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । साथै बैठकले उक्त लाभांसमा लाग्ने कर रकमका लागि शुन्य दशमलव ८३ प्रतिशत नगद लाभांस समेत दिने भएको छ ।

बोनस सेयर वितरणको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी दिनमा हुने बार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL