Logo

प्राईम कमर्शियल र कैलास विकास बैंकबीच मिल्यो कुरा, सेयर स्वाप अनुपात १००:९४

प्राईम कमर्शियल र कैलास विकास बैंकबीच मिल्यो कुरा, सेयर स्वाप अनुपात १००:९४



काठमाडौं । प्राईम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई (एक्यायर) प्राप्ती गर्ने भएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार विभिन्न बैंकहरु आफ्नो आफ्नो पार्टनर खोजेर एक्वायर तथा मर्जरको दिशामा गईरहेको बेलामा प्राईमले कैलाश बैंकलाई प्राप्ती गर्ने गरी सम्झौता गरेको हो ।

शुक्रबार एक कार्यक्रमका बीच प्राईम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र मर्जर समिति संयोजक गजेन्द्र विष्ट तथा कैलाश बैंकका अध्यक्ष नारायण प्रसाद पौडेल र संयोजक सुनिलनारायण श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।

बिहीबार नै यी २ बैंकबीच सम्झौताका लागि बैठक बसेको तर सफल नभएकाले शुक्रबार उक्त सम्झौता सफल भएको हो । उक्त सम्झौता पस्चात प्राइम बैंकले कैलाशलाई प्रतिशेयर ९४ रुपैयाँ दिने सहमति भएको छ ।

kailash-bank-prime-bank

उक्त सम्झौता भएपछि कैलाश बैंकले एकजना पनि संचालक भने नपाउने भएको हो । बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्राइमका नारायणदास मानन्धरले निरन्तरता पाउने भएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL