Logo

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा तनहुँको भानु नगरपालिकामा, सेवा संख्या ३७ पुग्यो

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा तनहुँको भानु नगरपालिकामा, सेवा संख्या ३७ पुग्यो



काठमाडौं । सनराइज बैंकले तनहुँको भानु नगरपालिका १३ मा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखारहित सेवाको भानु नगरपालिकाका मेयर राम बहादुर बानियाले उद्घाटन गरेका हुन ।

laxmi

सो शाखाको बजार प्रतिनिधिमा भने अजिज मियालाई नियुक्त गरेका छन । मेयर बानिया तथा बैंकका गण्डकी प्रदेशका प्रमुख रबिन्द्र केसीले मियालाई संयुक्त रmपमा पोइन्ट अफ सेल मेसिन हस्तानतरण गरेका छन ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जानकारी दिएको छ । उक्त सेवासँगै बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL