Logo

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व, गोरक्षनाथ पीठ सिद्धाश्रमलाई आर्थिक सहयोग

कामना सेवा विकास बैंकको सामाजिक उत्तरदायित्व, गोरक्षनाथ पीठ सिद्धाश्रमलाई आर्थिक सहयोग



काठमाडौं । कामना सेवा विकास बैंकले लेखनाथ, किमबेसी स्थित गोरक्षनाथ पीठ सिद्धाश्रमलाई १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरर्गत उक्त सिद्धाश्रमको भवन निर्माण तथा अन्य विकास कार्यहरुका उक्त रकम आर्थिक सहयोग प्रदान गरेको हो ।

कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेशका प्रमुख टुबराज बास्तोलाले एक समारोहकाबीच उक्त सहयोग हस्तान्तरण गरेका हुन ।

आर्थिक सहयोगबाट पौराणिक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको यस पीठको संरक्षण र पूर्ननिर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL