Logo

एनआईसी एशिया र चिरायु अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया र चिरायु अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा २० प्रतिशतसम्म छुट



काठमाडौं । एनआईसी एशिया बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सम्झौता भएको छ ।

बिहीबार एक कार्यक्रमका बीच बैंकका कर्मचारीलाई चिरायु हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० सम्मको छुट उपलब्ध गराउने गरी उक्त सम्झौता भएको हो ।

उक्त अस्पतालले बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिरायु अस्पतालको तर्फबाट अस्पतालका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL