Logo

सिभिल बैंकको शाखा दौबहालमा, शाखा संख्या ८९ पुग्यो

सिभिल बैंकको शाखा दौबहालमा, शाखा संख्या ८९ पुग्यो



काठमाडौं । सिभिल बैंकले ललितपूरको दौबहालमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले उद्घाटन गरेका छन । बैंकले सो शाखामा रन्जना लिपिको प्रयोग गरी आधिकारिक परिचय पाटीको प्रयोग गरेको बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दौबहाल क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकले थप उर्जा प्रदान गरेको बताए ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिने बताएका छन ।

बैंकका अध्यक्ष इच्छा राज तामाङले बैंक एक सामाजिक संस्था भएकाले आफ्नो शाखा भएको स्थानको मौलिक संस्कृति तथा लिपिलाई संरक्षण गर्ने मनसायले दौबहाल शाखाको परिचय पाटीमा मौलिक नेवारी संस्कृतिलाई अंगाल्दै रन्जना लिपि सहितको परिचय पाटी राखी शाखा संचालन गरेको बताए ।

बैंकको दौबहाल शाखा सहित बैंककोे कुल शाखा संख्या ८९ पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL